Sangeet Sarobar - 467 | 2070-05-03 | Listen And Download

0 comments

Program: Sangeet Sarobar
Radio : Radio Nepal
Source : Sangeet Sarobar blog



मनसुनको आगमनसँगै निम्तिएको प्राकृतिक प्रकोपले पश्चिम नेपालमा पारेको धनजनको क्षती अनि तहस नहसबाट आक्रान्त र दु:खी बन्दै सरोवरले आफ्नी प्रियालाई सम्बोधन गरेको प्रणय पत्र संगीत सरोवरको ४६७ औँ सृङ्खलामा ……

सरू ! तिमी पनि त बाढी पिडित दार्चुलाबासीका लागि राहत बटुल्न निस्केकी हौली । शायद गाउँका केही तन्नेरी भाइबैनीहरूलाई पनि सँगै लिएर गएकी हौली । हो । उनीहरू गाउँमा भैदिएको भएनि यसो आमालाई सहयोग गर्थे होलान् ।



हो पक्कै पनि तिमी गाउँमा छैनौ । यसपाली बाढी पिडित क्षेत्रमा पुगेर आफ्नो सरोवरलाई सुनिरहेकी छ्यौ हौली । तर सरू, मेरो सम्बोधन भन्दा तिमीले सुन्नैपर्ने त्यहाँ अरूनै धेरै कुराहरू होलान् । हिजोसम्म घरको न्यानो बिछ्यौनामा सुखद सपना देख्नेहरू आज सडकमा पुगेका छन् । घर, जग्गा र सबै सम्पन्नताहरू बाढीले बगाएर टाढा पुर्‍याएपछि मान्छेहरू क्षणभरमै विस्थापित बनेका होलान् । हिजोसम्म परिवारमा सप्पै जना थिए । एकले अर्काको अनुहारको खुशी हेर्दै हेर्दै सँगै बसेर खान खन्थे । असत्ती बाढीले आज कहिल्यै भेट्न नसक्ने गरी छिन्न भिन्न पारेका होलान्, उन्हीहरूलाई । तिमीले वास्तवमा उनीहरूको आवाज सुन्नुपर्छ सरू । तर यी सप्पै दुखद क्षतिको पछाडिको एउटै काम भनेको विस्थापितलाई राहत दिनु हो र उनीहरूलाई सुरक्षित ठाउँमा लैजानु हो । उनीहरूलाई कुनै पनि रोगको आक्रमणबाट सुरक्षित राख्नु हो । त्यही भएर यतिबेला बाढी पहिरो प्रभावित क्षेत्रमा तिमी पुग्नु जरूरी थियो ।

सरू, अब तिमीले राहत मात्रै होइन, भोलि बिहानैदेखि बाढी-पैरो प्रभावित क्षेत्रमा यसबारे पनि सचेतना बाँढ्नेछ्यौ । तिमीलाई नयाँ जीवन शैलीबारे वस्ती वस्तीमा बहस चलाउने र सचेत गराउने काममा सफलता मिलोस् है मेरी माया ।

- हर रात सपनीमा ऐँठन हुन्छ, गाउँमा शायद पहिरो गयो कि ……… दीप श्रेष्ठ
- यसैपाली सुल्झिन्छ कि नसुल्झेका कुराहरू ……… ईश्वर अमात्य
-अब यो बाटो मेरो हो कि म यो बाटोको ……… ईन्द्रजीत मिजार

Listen Sangeet sarobar #467


Download this Episode


Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger