Short Story(लघु कथा) - उपचार by Subash Malla | सुवास मल्ल

0 comments

Story - उपचार
Writer - Subash Malla

सरकारले निःशुल्क स्वास्थ्य शिविरको आयोजना ग¥यो । गाउँका सबै जनताहरु त्यसमा तछाँड मछाँड गर्दै पुगे । रामबहादुर पनि आज कामै छाडेर लाममा उभियो । दुई घण्टा लामो लाममा उभिए पछि उसको पालो आयो । डाक्टर सा’बले उसलाई जाँच्नु भयो । उसलाई नेपालको राष्ट्रिय रोग ग्याष्ट्रिकले छोएको रहेछ । डाक्टर सा’बले केही निःशुल्क औषधिहरु दिनुभयो । “यो खाना पछि खानु, यो खाना अगाडि, यो बेलुका, यो बिहान..........!” रामबहादुर किंकर्तव्यविमूढ उभियो र केही क्षण पश्चात् सुस्तरी बोल्यो “डाक्टर सा’ब खानासँग सम्बन्धै नभएको कुनै औषधि दिनुहोस् न मसँग घरमा खाना खान एक गेडा अन्न छैन ।"
Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger