Subash Malla | लघुकथा | स्वार्थ

0 comments

Story - Swartha
Writer - Subash Malla

सभ्यताको भाषामा भन्नुपर्दा त्यो केटी पोइला गई । अझ यो सभ्यताले ‘तल्लो जात’ भनी ठहराएको परिवारको केटासँग । सभ्यताले जनै लगाउन सिकाएको घरमा यो समाचारले ५÷७ रेक्टरको भुकम्प र सुनामी एकै पटक ल्याईदियो । घरको स्थायी समितिको आकस्मिक बैठक बस्यो ।
“छोरीले हाम्रो कुलको बेइज्जत गरी । मलाई यो विवाह कुनै हालतमा मञ्जुर छैन ।...” बाबुको आवाजमा सभ्यताको स्वार्थ बोल्यो ।
आमाले पनि यो विवाहलाई खारेज गरिदिई । सायद जवानीको प्रेमलाई टुक्राएर बाबुआमाले खोजी दिएको केटासँग विवाह गर्नुपर्दा देखि विकास भएको प्रेम प्रतिको वितृष्णाको प्रतिविम्व थियो त्यो !
अघिल्लो महिना जसको हातबाट एक हप्ता हस्पिटल बस्ने गरी धुलाई खाइयो, विपक्षी ग्याङ्गको नाइके त्यसैलाई ज्वाईं भन्नुपर्ने सोच्दै कहालिलाग्दो क्षण टार्न दाजुले पनि यो विवाहको विपक्षमा मतदान ग¥यो ।
आफूले मनमनै सपनाको राजकुमार बनाएको केटाले बहिनीलाई लिएर हिँडेपछिको पीडास्वरुप दिदीले त्यो केटालाई अपहरणको आरोपमा प्रहरीमा उजुरी गर्नुपर्ने प्रस्ताव राखी ।
यो विवाहलाई बहुमतले अस्विकार गरिसकेपछि अन्तिम वक्ता अविवाहित कान्छी फुपुले आजको युगमा जातभातको पछि लाग्नुलाई असान्दर्भिक भन्दै त्यसमा फरक मत दर्ज गराई । वास्तवमा विगत दुई वर्षदेखि कान्छा सुनारको छोरासँग उनको प्रेम यात्रा चलिरहेको थियो ।
Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger