लघुकथा - फेसवुक प्रेम | चूडा निर्भीक

0 comments

उसले फेसवुकमा आफ्नो नाम प्रतिक्षा र कभर फोटोमा सुन्दरी युवतिको तस्विर राख्यो । अब उसका पेजमा दैनिक एड प्राप्त हुन थाले । सबै एड गर्नेहरु १५ देखि पचास वर्षसम्मका थिए र उसका स्टाटसमा सामान्य फोटा वा कुराहरु राख्दा समेत सयौं लाईक आउन थाल्यो । धेरै पुरुषले त आई लभ यु जस्ता मेसेज र च्याटिङ्गमा दिन विताउन थाले उसंग । यस्तैमा प्रतिकसंग प्रकाश नाम गरेको युवकले दैनिक च्याट गर्ने र म तिमीलाई माया , म तिमी विना बाँच्न सक्दिन जस्ता कुरा गर्न थाल्यो । प्रकाश र प्रतिकको च्याटको यो क्रम करिव एक वर्षसम्म चल्यो । मायाप्रीतिका सम्पूर्ण कुराहरु भए र यही वीचमा प्रकाशको घरमा विहेको कुरो पनि चल्यो र उसले मेरो अन्तै प्रेम छ भनेर प्रस्तावलाई ठाडै नकारिदियो ।

प्रकाश वैदेशिक रोजगारी छाडेर प्रतिक्षासंग विहे गर्ने भनि नेपाल आयो । लाली पाऊडर क्रीम सारी व्लाउज पोते जस्ता वैवाहिक सामान बोकेर ऊ नेपाल आयो र प्रतिक्षालाई फोन गर्यो । क्यारीकेचरमा राम्रो दखल भएकोले उसले प्रतिक्षाको स्वर दुरुस्त नक्कल गर्योन । उनीहरु दरवारमार्गको एक होटलमा भेट्ने योजना अनुसार पहिलेदेखि नै प्रतिक्षाले बुक गरेको रेष्टुरेन्टको क्याविन नं ५ मा प्रकाश भेट्न गयो । तर क्याविनमा एउटा वलिष्ट र दारीजुँगा झ्याप्प आएको कालो युवक पो पर्खिरहेको थियो । प्रतिकलाई देख्ने वित्तिकै प्रकाश किंकर्तव्यविमूढ बन्यो भने प्रतिकले पुन मोवाईलको जस्तै नारी स्वर निकालेर भन्यो आऊ डार्लिङ म तिमीलाई वर्षौंदेखि प्रतिक्षा गरिरहेकी छु भनि अंगालो मार्न पुग्यो । उता प्रकाश जोडले प्रतिकको काखमा घोप्टिएर क्वाँ क्वाँ रुन थाल्यो । म बरबाद भएँ भन्दै ।

प्रतिकले भन्यो तिमी बरबाद भएको हैन तिमीले अरुको जीवनमा खेलवाड गरी बर्वाद बनाउन चाहेकोले आज यस्तो भएको हो । ठीकै छ बरु तिमी र म अव दाम्पत्य जीवनको शुरुवात गरौं । हुन पनि प्रतिक समलैंगिक यौनको पक्षधर जो थियो ।

- चूडा निर्भीक
Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger