लघुकथा - शुभकामना | आशिष दनाई

0 comments

                   निकै अगाडी देखिनै मनमा एउटा कुराले सताईरहेको थियो । माहोल मिलेको थिएन भन्ने , फेरी कुरा पनि त त्यस्तै थियो ! कसैलाई प्रेम गर्छु भनेर भन्न थोरै हिम्मतले नपुग्दो रहेछ । हिम्मत जुटाउने प्रयास गरिरहेको थिएँ , निरर्थक भैरहेथे प्रयासहरु ! उनीसंग बोल्दा कुराको सुरुवातनै हुदैन थियौ । बाकीँ समयमा उनको याद गर्नु वाहेक अन्य कामहरुनै थिएनन् मेरा लागी ।
                  मलाई अझै याद छ , एघार फेव्रवरीको रात थियो त्यो । समय बेलुकाको त्यस्तै दश बजेको हुँदोहो ! एउटा सादा पानामा उतारेको थिएँ मैले आफ्ना भावानाहरु , र लेखेको थिएँ - 'म तिमीलाई प्रेम गर्छु , यो मेरो प्रेम-प्रस्ताब स्विकार्नु ल !' बाह्र फेव्रवरी बिहानै गुलावको थुंगासंगै थमाए उनको हातमा प्रेमपत्र । उनले भनीन् - 'मैले सोच्नुपर्छ' ।
                  चौध फेब्रवरी - प्रणय दिवश थियो , घामले पनि प्रेमील किरणहरु छरेका थिए , चराहरुको प्रेम आफैमा डाहा लाग्दो थियो । लाग्थ्यो सबैलाई हतार थियो आफ्ने प्रेम अविब्यक्त गर्ने , हो ! एक्लै हिड्नेहरु पनि सबै हतारमा देखिन्थे । बरण्डामा बसेर अनेक कल्पनामा हराउँदै थिएँ म , साथीले एउटा चिठ्ठी थमाईदियो मेरो हातमा । पाउनेमा 'आशिष' लेखिएको थियो , पठाउनेमा उनकै नाम थियो । म खुसीले गदगद हुँदै पत्र पढ्न थालेँ । लेखिएका अक्षरहरुमा डौडिन थाले आँखाहरु , मुटुको धडकनले एउटा गती लिन थाल्यो , उड्न लागेको हवाईजहाजलेझैँ । मैले यत्तीमात्र भन्न सकेँ -'तिमीलाई वैवाहिक जिवनको सुभकामना' ।

Audio Coming soon...
लेखक - आशिष दनाई
बेसीशहर, लमजुङ
email :- info@.ashishdanai.com.np
Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger