भुकम्पले जन्माएको एउटा जिज्ञासा | आशिष दनाई

0 comments

देश भुकम्पको चपेटामा छ , बैशाख बाह्रमा आएको महाभुकम्प र त्यसपछीका स-साना धक्काले सात हजार भन्दा बढीको ज्यान लगिसक्यो , हजारौ बेपत्ता छन् , कयौँलाई घरवार बिहिन बनायो ;बिचल्लीमा पार्यो , सारा नेपालीहरुको मनमा
देश भुकम्पको चपेटामा छ , बैशाख बाह्रमा आएको महाभुकम्प र त्यसपछीका स-साना धक्काले सात हजार भन्दा बढीको ज्यान लगिसक्यो , हजारौ बेपत्ता छन् , कयौँलाई घरवार बिहिन बनायो ;बिचल्लीमा पार्यो , सारा नेपालीहरुको मनमा एक प्रकारको त्राश पैदा गर्यो भुकम्पले , जमिन हल्लियो तर कम्पन मनमा गडेर बसिरह्यो ! कालो दिन बनेर ईतिहास लेखायो बैसाख बाह्रले ।
भुकम्प गएकै दिनदेखी लगभग देशैभरी पठनपाठन ठप्प छ , केही स्कुल कलेजबाहेक प्राय सबै बन्द छन् । कती शैक्षिक संस्थाका भवनहरु भत्किए , कती मर्मत गर्न आवश्यक छन् एकिन तथ्याङ्क आईसकेको छैन , अनुमान लगाउन मुस्किल छ । मैले अध्ययन गर्ने पोखरा विश्वविद्यालयको आंगिक कलेज 'स्कुल अफ इन्जिनिएरिङ'को भुईँ तल्लाको पर्खालहरु केही मात्रामा चर्किएका छन् , यद्यपी 'बिम' र 'पिल्लर'मा क्षती पुगेको देखिँदैन । भुकम्पले कमै मात्र प्रभाव पारेको सहर हो लेखनाथ , त्यसमाथी पनि ईन्जिनिएरिङका विद्यार्थीलाई अध्यापन गराईने भवनको त्यो अवस्था छ । कलेज नजिकैको एउटा घरमा कोठा भाडामा लिएर बस्छु म । यसपालीको भुकम्पले म बसेको घरमा खासै क्षेती भएको मैले देखेको छैन । मेरा घरभेटीलाई घर भुकम्प प्रतिरोधात्मक बनाईनुपर्छ भन्ने जानकारी कसैले दिएन रे त्यो बेला , यस अर्थमा म बसेको घर भुकम्प प्रतिरोधात्मक छैन , हामी यो अनुमान लगाउन सक्छौँ । "घर कम्तिमा 8, 8.5 रेक्टर स्केलको भुकम्पले असर गर्न नसक्ने बनाईनुपर्छ" - सँगै बस्ने सिभिल ईन्जिनिएरिङ चौँथो वर्षमा अध्ययनरत दाजुहरु भन्नुहुन्छ । ईन्जिनियरिङ आफैमा प्राबधिक विषय, 'थेवरी' भन्दा प्रयोगातमक सिप सिकाईनुपर्छ । नेपाल भुकम्पको दृष्टिकोणमा जोखिममा पर्ने देश हो , यो हामी सबैलाई थाहा छ । भवन भुकम्प प्रतिरोधात्मक बनाउनुपर्छ भनेर पढाईन्छ भने किन बनाईएन स्कुल अफ ईन्जिनिएरिङको भवन भुकम्प प्रतिरोधात्मक र यदि पर्दैन भने किन सिकाईन्छ ? हुन त जहाँ हाम्रो भवन बनेको छ त्यहाँको 'जोग्राफिकल कन्डिसन' को पनि दोश होला भुकम्पले प्रभाव पार्नुमा , यदि त्यसो हो भने पहिल्यै त्यसबारे अध्ययन किन गरिएन ? या अध्ययन गरेझैँ मात्र गरिएको त हैन ? रकम पचाउने काम मात्र गरिएको त हैन ? यसबारे कस्ले आवाज उठाउने ? हुन त भवनको पुनर्निर्माण गरिएला; अझ भन्नुपर्दा चर्केको ठाउँको 'प्लास्टर' फुटाएर फालेर फेरी नयाँ जस्तै बनाईएला , तर फेरी भुकम्प नआउला भनेर एकिन गर्न सकिन्छ र ? भुकम्पले भत्काएको 'बिल्डिङ' भित्र बसेर भुकम्प नजाओस् भन्दै प्राथना गर्दै , कसरी भुकम्प प्रतिरोधात्मक घर बनाउने भन्दै पढ्ने विद्यार्थीको भविश्य कस्तो होला ? के यसबारे सोच्न जरुरी छैन ??

Share this article :

Post a Comment

 
Support : Sahitya Sanjal | Muktak man | Muktak Yatra
Copyright © 2011. Nepali Literature Collection | Sahityasanjal | Audio Novels | Radio Programs | FM | By Ashish Danai - All Rights Reserved
Template Modified by Ashish Danai Published by Blogger